कोपा अमेरिका : पेरुसँग बोलिभिया पराजित

 असार ४, २०७६ बुधबार ६:३३:४५ | एजेन्सी
unn.prixa.net

दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकामा पेरुले पहिलो जित निकालेको छ । बुधबार बिहान भएको खेलमा पेरुले बोलिभियालाई तीन एक गोलले हरायो । 

योसँगै पेरुले दुई खेलमा चार अंक बनाएको छ । समुह ए अन्तर्गत भएको खेलमा पेरुले बोलिभियाको एक गोलको अग्रता उल्ट्याएको हो । खेलको २८ औं मिनेटमा मार्सेलो मारिनोको गोलमा बोलिभियाले खेलमा अग्रता बनाएको थियो । तर त्यसपछि पेरुले उत्कृष्ट फुटबल खेल्दै तीन गोल गर्न सफल भयो ।

जसमा ४५ औं मिनेटमा पाओलो गुइरेरोले गोल गर्दै खेल एक एकको बराबरीमा पुर्‍याए । पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ५५ औं मिनेटमा जेफेरसोनले गोल गर्दै पेरुलाई दुई एकले अगाडी राखे ।

त्यसपछि खेलको इन्जुरी समयको अन्तिम मिनेटमा पेरुका लागि इडिसोन फ्लोरीसले गोल गर्दै टिमलाई तीन एकको जित दिलाए । जारी प्रतियोगितामा पेरुको पहिलो जित हो ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया