गुठी विधेयकविरुद्धको प्रदर्शनले काठमाण्डौको यातायात प्रभावित, यसरी गरिँदैछ डाइभर्सन

 असार ४, २०७६ बुधबार १२:३२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गुठी विधेयकविरुद्ध गरिएको खबरदारी सभाका कारण काठमाण्डौमा सवारी आवागमन प्रभावित भएको छ ।

उपत्यकाका विभिन्न ठाउँबाट माइतीघर मण्डलामा जुलुस आइरहेको र माइतीघरमा प्रदर्शनकारीको ठूलो भिड भएका कारणले सवारी आवागमन प्रभावित भएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार माइतीघर मण्डलामा भइरहेको गुठी विधेयकको विषयलाई लिएर भइरहेको कार्यक्रमका कारण डाइभर्सन गरिएको जनाएको छ ।

हेर्नुहोस् यसरी व्यवस्थापन हुँदैछ सवारी व्यवस्थापन

१. सिंहदरबार पूर्वी गेटबाट आउने सवारी साधनलाई नयाँ बानेश्वरतर्फ पठाइएको छ । 

२. कुपण्डोलबाट माइतीघर हुँदै सिंहदरबार आउने सवारी साधनलाई करिडोरको बाटो पठाइएको छ ।

३. त्रिपुरेश्वरबाट आउने सवारी साधनलाई कालीमाटीतर्फ पठाइएको छ ।

४. नयाँ बानेश्वरबाट आउने सवारी साधनलाई शंखमूलतर्फ पठाइएको छ ।

५. पुरानो बसपार्कबाट सिंहदरबार हुँदै थापाथली र नयाँ बानेश्वरतर्फ जाने सवारी साधनलाई पद्मोदयमोडबाट डाइभर्सन गरिएको छ ।

६. भद्रकालीबाट आउने सवारी साधनलाई त्रिपुरेश्वरतर्फ पठाइएको छ ।

७. पुतलीसडक, सिंहदरबार हुँदै चल्ने सवारी साधनलाई न्यू प्लाजाबाट अनामनगर थापागाउँ हुँदै नयाँ बानेश्वरतर्फ चलाइएको छ ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया