अर्पण कार्की भुटान प्रिमियर लिग खेल्न भुटान प्रस्थान

 असार ४, २०७६ बुधबार १६:२६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली यू-२३ राष्ट्रिय टिमका गोलकिपर अर्पण कार्की भुटान प्रिमियर लिग खेल्न बुधबार भुटान प्रस्थान गरेका छन् ।

नेपाल यू–१९ टिमका कप्तान तथा गोलकिपरसमेत रहेका अर्पणले पारो एफसीबाट पहिलो पटक भुटानी लिग खेल्न लागेका हुन् । समग्रमा अपर्णको यो दोस्रो भुटान बसाइ हो ।

यसअघि पनि नकआउट फुटबलमा पारो एफसीबाट खेलिसकेका अर्पणलाई त्यसबेला गरेको उत्कृष्ट प्रदर्शनकै कारण यस पटक लिग खेल्न बोलाएको हो ।

अर्पणले यसअघि पारोबाट नकआउट प्रतियोगिता जिग्मे दोर्जे वाङ्चुक गोल्डकप खेलेका थिए । त्यस प्रतियोगितामा अर्पणले गरेको उत्कृष्ट प्रदर्शनका कारण पनि पारो एफसी च्याम्पियन बनेको थियो । भुटान प्रिमियर लिग यही जुन २२ देखि सुरु हुँदैछ ।  लिग ६ महिना चल्ने छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया