सुनकोशीमा माछा मार्न गएका २ विद्यार्थी बेपता

 असार ४, २०७६ बुधबार १६:५३:२१ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – माछा मार्न सुनकोशी नदीमा गएका उदयपुर लिम्चुङबुङ गाउँपालिकाका दुई विद्यार्थी बेपत्ता भएका छन् ।

उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा डुबेर दुई विद्यार्थी बेपत्ता भएका हुन्  । लिम्चुङबुङ गाउँपालिका–१, बाँसबोटेका बुत्कु माध्यमिक विद्यायलका विद्यार्थी १६ वर्षीय देवकुमार राई र १४ वर्षीय प्रविन राई सुनकोशीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएको वडाध्यक्ष भिमबहादुर राईले जानकारी दिनुभयो  ।

वडाध्यक्ष राईका अनुसार बिहान ७ बजेको समयमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएपछि गाउँलेहरु खोजी कार्य जारी राखेको बताउनुभयो । देवकुमार एसइई दिएर बसेका विद्यार्थी हुन् भने प्रविन कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया