दोस्रो पटक राष्ट्रपति बन्न ट्रम्पको चुनावी अभियान सुरु, गैरकानुनी प्रवासीको मुद्दा नै प्रमुख

 असार ४, २०७६ बुधबार १८:४८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक राष्ट्रपति बन्नका लागि चुनावी अभियानको औपचारिक सुरुवात गरेका छन् । 

चुनावी अभियानमा राष्ट्रपति ट्रम्पले फ्लोरिडामा आयोजित समर्थकहरुको र्‍यालीलाई सम्बोधन गरेका छन् । यस पटक पनि ट्रम्पको प्रचार अभियानमा गैर-कानुनी प्रवासीको मुद्दा प्रमुख छ । 

राष्ट्रपति ट्रम्पले डेमोक्रेटिक पार्टीका सदस्यहरुलाई निशाना बनाउँदै भने, ‘ उनीहरु तपाईंको देशलाई टुक्रा-टुक्रा गर्ने कोसिस गरिरहेका छन् ।' ट्रम्पले भनेका छन्, ‘आज राति म तपाईंँहरुको अघि राष्ट्रपतिको दोस्रो कार्यकालको लागि आधिकारिक चुनावी प्रचारप्रसारको सुरुवात गर्दैछु । तपाईंँहरुलाई म कहिल्यै पनि असहज अवस्था आउन दिनेछैन ।’

राष्ट्रपति ट्रम्पलाई फ्लोरिडामा निकै टक्कर छ । सन् २०१६ मा पनि उनले निकै कम अन्तरबाट चुनाव जितेका थिए ।

‘हामीलाई भरोसा छ कि हाम्रो देश कानुनलाई अनुसरण गर्ने मानिसहरुको देश हो न कि अपराधिक गतिविधिको एजेन्ट’, राष्ट्रपति ट्रम्पले डेमोक्रेट सदस्यहरुमाथि गैरकानुनी प्रवासीहरुलाई वैधता दिएको आरोप लगाउँदै भनेका छन्, ‘उनीहरु तपाईंको देशलाई नष्ट गर्न खोजिरहेका छन् ।’

ट्रम्पले डेमोक्रेटलाई भोट दिनु भनेको परिवर्तित समाजवाद र अमेरिकी सपनाको सत्यनाश हुनु भनेका छन् । साथै उनले अमेरिकालाई फेरि एक पटक महान बनाउने विश्वास व्यक्त गरेका छन् । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया