सांग्रिला डेभलपमेन्ट बैंक र स्पारो पेबीच ‘खल्ती’ सेवासम्बन्धी सम्झौता

 असार ४, २०७६ बुधबार १९:५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र स्पारो पे प्रालिबीच खल्ती (डिजिटल वालेट) सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । 

बैंक र स्पारो कम्पनीबीच आयोजित एक कार्यक्रममा सहमति पत्रमा बैंकका तर्फबाट प्रमुुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठ र स्पारो कम्पनीका तर्फबाट निर्देशक ध्रुव अधिकारीले हस्ताक्षर गर्नुु भएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु जस्तै मोबाइल बैंकिङ्ग, लकर, एटिम, इन्टरनेट बैंकिङ्ग, एबीबीस, रेमिटयान्स आदि सुविधाहरु दिँदै आएकोमा हाल निकै प्रचलनमा रहेको पेमेन्ट गेटवे खल्तीसँग सम्झौता गरेको छ । 

यस सुविधाअन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले इन्टरनेट बैंकिङ्ग तथा मोबाइल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको  रकम  खल्तीमा लोड गरी मोबाइल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

यो सेवालाई सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुका काउन्टरबाट डिपोजिट फर्म भरेर पनि उपयोग गर्न सकिन्छ । 


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया