कोपा अमेरिका : पाराग्वेसँग बराबरीमा रोकियो अर्जेन्टिना

 असार ५, २०७६ बिहिबार ८:३८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पाराग्वेसँग बराबरी  खेलेको छ । बिहीबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग एक–एक गोलको बराबरी खेलेको हो ।

अर्जेन्टिना भन्दा उत्कृष्ट खेल खेलेको पाराग्वेले लगातार दाबव बनाएको थियो । ३७ औं मिनेटमा गोल गर्दै पाराग्वले पहिलो हाफमा १–० को अग्रता बनाउन सफल भयो । पाराग्वेका लागि रिचर्ड राफेस सान्सेजले गोल गरेका थिए । 

१–० ले पछि परेको अर्जेन्टिनाले ५४ मिनेटमा भीएआरका कारण पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई लियोनल मेस्सीले गोलमा परिणत गर्दै अर्जेन्टिनालाई खेलमा फर्काएका थिए । पाराग्वेका अल्बर्टो गोन्जालेजले पेनाल्टी मिस गरेपछि अग्रता बनाउन असफल भए ।

त्यसपछि थप गोल हुन नसकेपछि दुवै टिमले एक–एक अंक लिन सफल भए । पहिलो खेलमा कोलम्बियासँग पराजित भएको अर्जेन्टिनालाई दोस्रो चरणमा प्रवेश गर्न कठिन बनेको छ ।

तालिकामा १ अंक जोडेको अर्जेन्टिना समूह बीको चौथो स्थानमा छ भने ६अंक जोडेको कोलम्बिया शीर्ष स्थानमा छ । अबको खेलमा कोलम्बिायलो पाराग्वेलाई पराजित गर्दा अर्जेन्टिनाले कतारलाई हराए अर्जेन्टिना दोस्रो चरणमा पुग्ने छ । 

यसअघि भएको खेलमा कोलम्बियाले कतारलाई १–० ले पराजित गरेको थियो ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • काजीबा

    June 20, 2019, 9:08 a.m.

    कोपा अमेरिका मा कतार ??? गेडागुडी

  •  0 Reply

तपाईको प्रतिक्रिया