‘विप्लव’ नेतृत्वकाे नेकपाका पाँच नेता तथा कार्यकर्ता पक्राउ

 असार ५, २०७६ बिहिबार १४:२४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रहरीले विप्लव समूहका पाँच जना नेता तथा कार्यकर्तालाई पक्राउ गरी बिहीबार मुद्दा चलाएकाे छ ।

पक्राउ पर्नेमा विप्लव समूहका रामेछाप पार्टी इञ्चार्ज कुलदिप तामाङ, दोलखा इञ्चार्ज यादव दाहाल, दाेलखा सेक्रेटरी विशाल जिरेल, विद्यार्थी संगठनको ताम्सालिङ ब्युरो अध्यक्ष मुकुन्द श्रेष्ठ र उदयपुर जिल्लाको विद्यार्थी संगठन अध्यक्ष विशाल तामाङ रहेकाे महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएकाे छ ।

पाँच जनामध्ये एक जनालाई भक्तपुरबाट र बाँकी चार जनालाई काठमाण्डाैबाट पक्राउ गरिएकाे महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बताउनुभयाे । उनीहरुलाई पक्राउ गर्ने क्रम बुधबारबाटै चलेकाे र मुद्दा भने आज चलाइएकाे पनि थापाले जानकारी दिनुभयाे ।

महाशाखा प्रमुख थापाका अनुसार प्रतिबन्धित पार्टिका कार्यकर्तालाई पक्राउ गर्ने नियम अनुसार नै सुराकीकाे आधारमा महाशाखाकाे टाेलीले उनीहरुलाई पक्राउ गरेकाे हाे । 

 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया