धनकुटामा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते

 असार २२, २०७५ शुक्रबार १०:५९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

धनकुटा – धनकुटा नगरपालिका–७ रमाइलो घुम्तीमा आज बिहान माइक्रोबस दुर्घटना हुदाँ १७ जना घाइते भएका छन् ।

यात्रु लिएर धनकुटाको हिलेबाट धरानतर्फ जादै गरेको को.१ ख. २८४७ नम्बरको माइक्रोबस ओरालोमा बे्रक फेल भई सडकमा दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् भने १५ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख असई सुरेन्द्र खड्काले बताए ।

गम्भीर घाइते धनकुटा नपा–६ की ५५ वर्षीय कमला भुजेल र गाडीका सहचालक पाख्रीवास नपा–५ का १८ वर्षीय सुरज तामाङको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले बताएको छ । 

गम्भीर घाईते भएकी भुजेलको टाउकोमा र सहचालक तामाङको पेटमा चोट लागेको छ । अन्य सामान्य घाइतेको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । ओरालोमा ब्रेक फेल भएपछि गाडी अनियन्त्रित भई कोशी ग्याँस डिलरतर्फ जाने सडकको भित्तामा ठोक्किएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया