रसुवागढी जलविद्युत आयोजनाकाे सुरुङमा थुनिएका सबै मजदुरको सकुशल उद्धार

 असार ६, २०७६ शुक्रबार ८:५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

रसुवा – रसुवागढीको सुरुङमा थुनिएका १७ जना मजदुरलाई सकुशल बाहिर निकालिएको छ । 

बिहीबार राति पहिरोले सुरुङको मुख थसनएपछि भित्रै फसेका ११ जना नेपालीसहित ६ जना चिनियाँ मजदुरलाई सकुशल बाहिर निकालिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले उज्यालोलाई जानकारी दिनुभयो ।

हिजो बेलुकी ८ बजेतिर पहिरो गएलगत्तै  निर्माणधीन रसुवागढी जलविद्युत आयोजनको सुरुङको प्रवेशद्वार खुलाउन नेपाली सेना, नेपाल प्रहरी  र सशस्त्र प्रहरी खटिएका थिए । सुरुङभित्र रहेका १७ जना मजदुरको स्वास्थ्य अवस्था सामान्य रहेको पनि प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मजदुरको स्वास्थ्य जाँच गर्न आयोजनास्थलमा डाक्टरको टोली छ । गोसाइँकुण्ड गाउँपालिका २ तातोपानी क्षेत्रबाट झण्डै सय मिटर माथि यो परियोजना बनिरहेको छ । रसुवागढी नजिकै १११ मेगावाटको जलविद्युत आयोजना बनिरहेको हो ।

भूकम्पीय जोखिमयुक्त भएकाले पनि त्यहाँ पहिरोको सम्भावना धेरै रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया