महाेत्तरीमा एक महिलाकाे हत्या

 असार ६, २०७६ शुक्रबार ८:४०:५५ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - महोत्तरीको गौशालामा चोरी गर्नका आएका व्यक्तिले धरिलो हतियार प्रहार गरी एक महिलाको  हत्या गरेका छन् ।

शुक्रबार बिहान ३ बजेतिर गौशाला नगरपालिका-१०, भरतपुरका विष्णुकुमार श्रेष्ठको घरमा नचिनेका व्यक्तिले चोरी गर्ने क्रममा श्रेष्ठकी २७ वर्षीया छाेरी अन्जुकुमारी श्रेष्ठलाई धरिलो हतियार प्रहार गरी हत्या गरेकाे हाे ।

गम्भीर घाइते  रहेकी श्रेष्ठको उपचारको लागि जनकपुर अञ्चल अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएकाे प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताउनुभयाे । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको महोत्तरीका प्रहरी उपरिक्षक कार्कीले जानकारी दिनुभयाे । मृतकको शव जनकपुर अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृतक श्रेष्ठ  १० वर्षदेखि श्रीमानसँग अलग्गै भई माइतीघरमै बस्दै आउनु भएकाे थियाे । २ छोरा र १ छोरीकी आमा र मृतक श्रेष्ठ पछिल्लो समय गौशालामा संचालित निर्धन उत्थान बैंकमा कार्यरत हुनुहुन्थ्याे ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया