सुनको भाउ अहिलेसम्मकै महंगो

 असार ६, २०७६ शुक्रबार ११:५३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली बजारमा सुनको भाउ इतिहासकै महंगो भएको छ ।

शुक्रबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ६५ हजार रुपैयाँ तोकिएकोे नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।

छापावाल सुनको भाउ हिजो ६४ हजार रुपैयाँ निर्धारण भएको थियो । त्यस्तै तेजावी सुनको भाउ ६४ हजार ७ सय तोकिएको छ । 

अन्तराष्ट्रिय बजारमा पनि सुनको भाउ बढेकाले नेपालमा पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।

यस्तै इरान र अमेरिकाबीचको तनावका कारण पनि लगानीकर्ता सुरक्षित हुन थालेकाले सुन महंगो भएको व्यवसायीले बताएका छन् । 

यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ बढेकाले तोलाको ७ सय ४० रुपैयाँ निर्धारण गरिएको छ । 

यसअघि २०७० साल भदौ १२ गते र २०७५ फागुन ८ गते नेपालमा सुनको मूल्य प्रतितोला ६३ हजार ३०० रुपैयाँ पुगेको थियो । त्यसपछि हिजो बिहीबार नेपाली बजारमा सुनको भाउ ६४ हजार पुगेको थियो । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया