स्पेनी फुटबल खेलाडी फर्नान्डो टोरेसले गरे सन्यासकाे घाेषणा

 असार ६, २०७६ शुक्रबार १३:४९:० | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप विजेता स्पेनी फुटबल खेलाडी फर्नान्डो टोरेसले खेलाडी जीवनबाट सन्यास लिएका छन् । ३५ वर्षीय टोरेसले आफ्नाे १८ वर्षे करियरलाई अन्त्य गर्दै खेलाडी जीवनबाट टाढा हुने निर्णय गरेका हुन् ।

स्पेनको राष्ट्रिय टिमबाट एक सय १० खेल खेलेका टोरेसअहिले सगान तोसुबाट व्यावसायिक फुृटबल खेलिरहेका छन् । उनले क्लब स्तरमा एट्लेटिको मड्रिड, लिभरपुल र चेल्सीबाट खेलेका थिए । २००८ को युरो कपको उपाधि स्पेनले जित्दा टोरेसले विजयी गोल गरेका थिए । यसका साथै उनी २०१२ को युरोकपको उपाधि जित्दा पनि मुख्य खेलाडीका रुपमा हेरिएका थिए ।

सन्यासको घोषणा गर्दै टोरेसले १८ वर्षको करियरलाई विश्राम दिने बेला आएको भन्दै ट्वीट गरेका छन् । यसका साथै उनले आइतबार जापानको टोकियोमा पत्रकार सम्मलेन गरेर सम्पूर्ण विवरण बताउनेसमेत उल्लेख गरेका छन् ।

टोरेसको करियर २००७ मा एट्लेटिकोबाट २० मिलियन पाउण्डमा लिभरपुल गएपछि बढी चर्चामा आएको थियो । लिभरपुलका लागि एक सय ४२ खेलमा ८१ गोल गरेका थिए ।

२०११ मा खेलाडी अनुबन्धमा बेलायती क्लबको रेकर्ड तोड्दै ५० मिलियन पाउण्डमा चेल्सीमा अनुबन्ध भएका थिए । तर चेल्सीमा उनले खासै राम्रो गर्न सकेनन् । टोरेसले २०१३ मा युरोपा लिगको उपाधि दिलाउँदा बेन्फिकाविरुद्ध गोल गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया