ललित स्मृति यू–१८ फुटबल: मछिन्द्र क्लबले संकटालाई दुई - शून्यले हरायाे

 असार ६, २०७६ शुक्रबार १९:४१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललित स्मृति यू–१८ फुटबल प्रतियोगितामा शुक्रबार भएको पहिलो खेलमा मछिन्द्र क्लबले संकटा क्लबलाई २–० ले पराजित गरेकाे छ ।

ह्याट्रिक गरेका  कार्लोस बाखारिया नायक बन्दा मछिन्द्रले जित हात पारेको हो । उनले छैटौं र ४२औंँ मिनेटमा दुई गोल गर्दै पहिलो हाफअघि नै मछिन्द्रलाई दुई गोलको अग्रता दिलाएका थिए । ४८औं मिनेटमा रोशन भुजेलले गोल गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाए । ८२औंँ मिनेटमा बाखारियाले ह्याट्रिक गर्दा मछिन्द्रले ४–० को जित निकाल्यो ।

शुक्रबारै भएको अर्काे खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीचको खेल बराबरीमा रोकिँदा मछिन्द्र क्लबले शानदार जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा मनाङ र थ्रीस्टारबीचको खेल २–२ गोलको बराबरीमा सकियो । खेलको २२औंँ मिनेटमा क्षितिज भण्डारीले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । ४४औंँ मिनेटमा दिप्सन राउतले पेनाल्टीमा थ्रीस्टारका लागि गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो ।

५८औंँ मिनेटमा सुमन श्रेष्ठले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । थ्रीस्टारले २–१ को अग्रता नियमित समयसम्म कायम राख्यो । तर इन्ज्युरी समयको चौथो मिनेटमा रोहन बल लामाले मनाङका लागि गोल गरेपछि दुबै टिमले अंक बाँढेका हुन् । 

 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया