विश्वकप क्रिकेट : श्रीलंकाले इंग्ल्याण्लाई २० रनले हरायाे, सेमिफाइनल पुग्ने सम्भावना कायमै

 असार ७, २०७६ शनिबार ६:०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकपमा आयोजक इंग्ल्याण्डले दोस्रो पराजय भोगेको छ । शुक्रबार भएको खेलमा श्रीलंकाले इंग्ल्याडलाई २० रनले हरायो ।

लसिथ मालिंगाले चार तथा धनञ्जय सिल्भाले तीन विकेट लिएपछि श्रीलंकाले २३२ रनको योगफल रक्षा गर्न सफल भयो । २३३ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डलाई श्रीलंकाले ४७ ओभरमा २१२ रनमा अलआउट गर्‍यो ।

इंग्ल्याण्डलाई हराउनका लागि इशुरु उडानाले पनि दुई विकेट लिए । ब्याटिङतर्फ इंग्ल्याण्डका बेन स्टोक्सले अविजित ८२ रनको योगदान दिए । यस्तै जो रुटले ५७ रन बनाएका थिए । अन्य ब्याट्म्यानको प्रदर्शन खराब रह्यो । 

यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले ५० ओभरमा नौ विकेट गुमाउँदै २३२ रन बनाएको थियो । श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले अविजित ८५ रनको योगदान दिए भने अविस्का फर्नाण्डोले ४९, कुशल मेन्डिसले ४६ र धनन्जया डि सिल्भाले २९ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङमा जोफ्रा आर्चर र मार्क उडले तीन–तीन विकेट लिए भने आदिल रसिदले दुई विकेट हात पारे ।

जितसँगै श्रीलंका ६ अंक बनाउँदै पाचौं स्थानमा मात्र उक्लिएन, सेमिफाइनलमा पुग्ने सम्भावना पनि कायम राख्न सफल भएको छ । ६ खेलबाट इंग्ल्याण्ड आठ अंकसहित तेस्रो स्थानमा छ । उसले शीर्ष स्थानमा पुग्ने सम्भावना गुमाएको छ ।

 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया