मणिपाल अस्पताल परिसरमै डाक्टरको गाडीले किच्दा बालकको मृत्यु

 असार ७, २०७६ शनिबार १२:४५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

कास्की – पोखराको मणिपाल अस्पतालका डाक्टर विश्वदीपक तिमिल्सिनाको गाडीले किच्दा ४ वर्षीय बालक संस्कार कँडेलको ज्यान गएको छ । 

डाक्टरले चलाएको ग ३ च ४३६ नम्बरको गाडीले बालकलाई किचेको थियो । अस्पतालमा रहेका आफन्त बिरामीलाई भेटेर फर्कने क्रममा बालकलाई अस्पताल परिसरको सडक छेउमा उभ्याएर बाबु पार्किङ्गमा राखेको मोटरसाइल लिन जाँदा बालकलाई गाडीले किचेको थियो । 

बालकको शव मणिपाल अस्पतालको इमर्जेन्सीमा राखिएको छ भने लापर्वाहीपूर्वक गाडी चलाएर बालकलाई ठक्कर दिएको आरोप लगाउँदै बालकका आफन्तले डाक्टरलाई तत्काल कारबाही गर्न माग गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया