गुल्मीको इस्मामा डढेलोमा परेर दुई जना घाइते, १५ वटा घरगोठ जले
बैशाख ८, २०८१ शनिबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि लागेको यौन उत्पीडन आरोपको खण्डन गर्दै आराेप लगाउने महिलाले लेख बिकाउनका लागि यस्ताे आराेप लगाएकाे बताउनुभएकाे छ ।
एक महिलाले ट्रम्पमाथि सन् १९९० को दशकमा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । ट्रम्पले भने आफूमाथि आरोप लगाउने जिन केरोल नामकी महिलासँग कहिले पनि भेट नभएको बताउनुभएकाे छ । राष्ट्रपति ट्रम्पले नयाँ किताब बेच्नका लागि ती महिलाले आफूमाथि आरोप लगाएको बताउनुभयाे ।
गएको शुक्रबार केरोलको कथा न्यूयोर्क पत्रिकामा प्रकाशित भएको थियो । केरोलले आफ्नो लेखमा ६ जना पुरुषविरुद्ध यौन शोषणको आरोप लगाएकी थिइन्, जसमध्ये अमेरिकी राष्ट्रपति पनि एक थिए ।
‘उनको यो किताब कुनै काल्पनिक विभागमा बेचिनुपर्छ, यो मुद्दामा एउटा पनि गतिलो प्रमाण छैन, ट्रम्पले भने । यस अघि पनि दर्जनौं महिलाहरुले ट्रम्पविरुद्ध यौन शोषणको आरोप लगाएका थिए, जसलाई उहाँले अस्विकार गर्दै आउनुभएकाे थियाे ।