विश्वकप क्रिकेट : वेष्ट इण्डिजलाई हराउँदै न्यूजिल्याण्ड शीर्ष स्थानमा

 असार ८, २०७६ आइतबार ७:१७:१७ | एजेन्सी
unn.prixa.net

विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले वेष्ट इण्डिजलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । प्रतिस्पर्धात्मक खलमा न्यूजिल्याण्डले. इण्डिजमाथि ५ रनको जित हात पार्‍यो । 

टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले ५० ओभरमा आठ विकेट गुमाउँदै २९१ रन बनाएको थियो । पहिलो दुई विकेट सात रनको अवस्थामा गुमाएको न्यूजिल्याण्डका लागि केन विलियमसन र रोश टेलरले उत्कृष्ट प्रदर्शन गरे । तेस्रो विकेटका लागि उनीहरुले १६० रनको साझेदारी गरेपछि न्यूजिल्याण्ड सम्मानजनक स्कोरमा पुगेको हो ।

विलियमसनले १४८ रनको योगदान दिए । त्यस्तै टेलरले ६९ रन बनाए । बलिङतर्फ शेलडन कोट्रेल एक्लेले चार विकेट लिए भने कार्लोस ब्राथह्वाइटले दुई विकेट हात पारे । 

२९२ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज ४९ ओभरमा २८६ रनमा अलआउट भयो । उसका लागि कार्लोस ब्राथह्वाइटले १०१ रनको शतकीय योगदान दिए । उनले ८२ बलमा नौ छक्का र पाँच चौका प्रहार गरेका थिए । 

यस्तै क्रिश गेलले ८७ रन बनाएका थिए भने सिमरन हेटमेयरले ५४ रन जोडे । अन्य खेलाडीको ब्याटिङ चल्न सकेन । वेष्ट इण्डिजलाई हराउनका लागि ट्रेन्ट बोल्टले चार विकेट लिए भने लकी फर्गुसनले तीन विकेट लिए ।

जितसँगै न्यूजिल्याण्ड ६ खेलबाट ११ अंक सहित शीर्ष स्थानमा फर्किएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया