साैताकाे हत्या गरेकाे आराेपमा एक महिला पक्राउ

 असार ८, २०७६ आइतबार १९:१४:५२ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – कटारी नगरपालिका-४ मरुवामा आइतबार दिउँसो घाँटी रेटेर साैताकाे हत्या गरेकाे आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

३० वर्षीया सीता राईले सौता लक्ष्मी राईलाई आफ्नै घरमा बोलाएर चक्कुले घाँटी रेटेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । श्रीमान पदम राईले कान्छी श्रीमती ल्याएपछि सीता श्रीमानसँग छुट्टिएर पुरानो घरदेखि झण्डै एक सय मिटरको दूरीमा रहेको अर्को घरमा बस्दै आएकी थिइन् । 

इलाका प्रहरी कार्यालय कटारीबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले हत्यामा प्रयोग गरिएको चक्कु घटनास्थलबाट नै बरामद गरेको जनाएको छ । हत्यामा प्रयोग भएकाे चक्कु पखालेर घटनास्थल नजिकै फालिएको अवस्थामा बरामद गरेको प्रहरी निरीक्षक ललन कुर्मीले बताउनुभयो । 

हत्या गरेको आरोपमा प्रहरीले सीता राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया