सुदूरपश्चिमका स–साना खोलामा बाढीको सम्भावना

 असार ९, २०७६ सोमबार १२:६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सोमबार बेलुकादेखि मंगलबार बिहानसम्म सुदूरपश्चिमका ससाना खोलामा बाढी आउन सक्ने पूर्वानुमान गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले सोमबार बेलुकादेखि मंगलबार बिहानसम्म सुदूरपश्चिम प्रदेशको चुरे र तराईबाट बहने साना नदी र जलाधारहरुको केही स्थानमा क्षणिक मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढी आउन सक्ने हुँदा  सतर्क रहन आग्रह गरेको छ ।

उपत्यकासहित देशको धेरैजसो ठाउँको मौसम सोमबार आंशिकदेखि सामान्य बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार विषेशगरी पूर्व र मध्य क्षेत्रको तुलनामा सुदूरपश्चिममा ठूलो पानी पर्ने सम्भावना रहेको छ । मनसुनी गतिविधि बढीरहेका कारण पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको हो ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया