ब‌ंगलादेशलाई अफगानी कप्तानकाे सन्देश : हामी बाहिरियौँ, अब तिमीहरुकाे पालो

 असार ९, २०७६ सोमबार १३:१९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकपबाट बाहिरिने पक्का भैसकेपछि अफगानिस्तानका कप्तान गुलाबदीन नइबले बंगलादेशलाई निशाना बनाएका छन् । 

सोमबार बंगलादेशसँग खेल्नुअघि अफगानिस्तानका कप्तानले भनेका छन्, ‘हामी त डुब्यौँ, तिमीहरुलाई पनि डुबाउँछौँ ।’ विश्वकपमा अफगानिस्तानको यो दोस्रो सहभागिता हो । 

प्रतियोगितामा अफगानिस्तानले खेलेको छ वटै खेलमा पराजय भोगेको छ, योसँगै अफगानिस्तान प्रतियोगिताबाट नै बाहिरिएको छ । तर बंगलादेश भने यो विश्वकपमा राम्रो लयमा देखिएको छ । 

बंगलादेशले दक्षिण अफ्रिका र वेस्टइण्डिजलाई हराइसकेको छ र आज अफगानिस्तानलाई हराउने दाउमा छ । अफगानिस्तान पनि भारतलाई टक्कर दिएपछि आज हुने खेलमा बंगलादेशलाई हराउँदै जितको खाता खोल्ने दाउमा छ । 

विश्वकप क्रिकेटकाे याे संस्करणमा दक्षिण अफ्रिका र अफगानिस्तान सेमिफाइनल नपुग्ने पक्का भैसकेकाे छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया