इक्वेडरसँग बराबरीमा रोकिएपछि जापान कोपा अमेरिकाबाट बाहिरियो

 असार १०, २०७६ मंगलबार ८:५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

जापान कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेलमा इक्वेडरले बराबरीमा रोकेपछि जापानको क्वार्टरफाइनल पुग्ने सम्भावना सकिएको हो । जापानले शुरुवातमा अग्रता लिए पनि जोगाउन सकेन । 

१५औं मिनेटमा शोया नाकाजिमाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा एन्जल मेनाले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । दोस्रो हाफमा कुनै गोल हुन नसक्दा जापान समूह चरणबाटै बाहिरिएको हो ।

समूह सीबाट उरुग्वे र चिली क्वार्टरफाइनलमा पुगिसेकेका छन् । मंगलबार भएको अन्तिम खेलमा उरुग्वेले चिलिलाई हरायो । जितपछि उरुग्वे समूहको विजेता बन्दै अन्तिम आठमा प्रवेश गरेको छ ।

रियो दि जेनेरियोमा भएको खेलमा उरुग्वेको जितमा इडिन्स कभानीको गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बनेको खेलको ८२औं मिनेटमा कभानीले गोल गरेका थिए ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया