सिन्धुलीमा कार दुर्घटना : एकै परिवारका दुई जनाको ज्यान गयो, दुई जना घाइते

 असार १०, २०७६ मंगलबार ९:२४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुली – बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाँउपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् । 

खोटाङ हलेसीबाट काठमाण्डौ जाँदै गरेको बा १३ च ३७९३ नम्बरको कार सोमबार राति २ बजेतिर सुनकोशी नदीको बगरमा खस्दा काठमाण्डौ महानगरपालिका–३१ नयाँबानेश्वर निवासी ६० वर्षीय अच्युत लामिछाने र उहाँकी बुहारी ४५ वर्षकी हेमा लामिछानेको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यस्तै, चालक ५८ वर्षीय दीपक लामिछाने (हेमाको श्रीमान्) र २६ वर्षीय आस्था लामिछाने (अच्युतको छोरी) घाइते भएको र उनीहरुलाई उपचारको लागि काठमाण्डौ पठाइएको सिन्धुली जिल्ला प्रहरी प्रमुख चक्रबहादुर सिंहले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया