सचिन तेन्दुलकरका छोरा अर्जुन विश्वकपमा इंग्ल्याण्ड टिमलाई सघाउँदै

 असार १०, २०७६ मंगलबार १४:१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय महान क्रिकेटर सचिन तेन्दुुलरका छोरा अर्जुन तेन्दुलकर पनि राम्रा क्रिकेटर हुन् ।

युवा क्रिकेटरको रुपमा आफूलाई चिनाएका अर्जुन अहिले इंग्ल्याण्डमा छन् । उनी भारतीय टिमसँग गएका नभै इंग्ल्याण्डलाई सघाउन त्यहाँ पुगेका हुन् । उनले जारी विश्वकपअन्तर्गत इंग्ल्याण्डले अस्ट्रेलियाविरुद्ध मंगलबार हुने प्रतिस्पर्धाका लागि इंग्ल्याण्डका ब्याट्सम्यानलाई अभ्यास सत्रमा सघाएका थिए ।

नेट अभ्यासका क्रममा उनले इंग्लिस ब्याट्सम्यानलाई बलिङ गरेका थिए ।

उनले इंग्ल्याण्डका स्पिन बलिङ प्रशिक्षक सकलेन मुस्ताकको प्रशिक्षणमा इंग्ल्याण्डका लागि बलिङ गरेका हुन् । अर्जुन तेन्दुलकरले इंग्ल्याण्डका लागि बलिङ गरेको याे पहिलो पटक भने होइन । १५ वर्षको उमेरमै २०१५ मा इंग्ल्याण्डका नेट बलरको रुपमा उनले बलिङ गरेका थिए । त्यतिबेला इंग्ल्याण्डले अस्ट्रेलियाविरुद्ध एशेज सिरिज खेलेको थियो ।

१९ वर्षीय अर्जुन अहिले इंग्ल्याण्डमा काउन्टी क्रिकेट खेलिरहेका छन् । अर्जुन तेन्दुलकर बायाँ हाते बलर र बायाँ हाते ब्याट्सम्यान पनि हुन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया