साउदी अरब किन कोहीसँग पनि डराउँदैन ?

 असार ११, २०७६ बुधबार १९:५६:२४ | एजेन्सी
unn.prixa.net

संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनको अनुसार वासिङटन पोस्टका पत्रकार जमाल खशोगीको हत्यामा साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान र उनका परिवारको हात थियो । 

संयुक्त राष्ट्रसंघले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खारेज गरेको यो घटनाको जाँच अमेरिकी एजेन्सी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) लाई गर्न अनुरोध गरेको छ । अमेरिका, इरानसमेत कैंयौ देशमा लोकतन्त्र र मानवअधिकारलाई लिएर निकै आक्रामक अवस्थाको सिर्जना हुन्छ तर साउदी अरब भने चुप हुन्छ । 

के साउदी अरब कसैसँग डराउँदैन ? साउदी अरबसँग को डराउँछ ?  

यी दुई वटै प्रश्नको सवाल अमेरिकालाई राम्रैसँग थाहा छ । दुई वर्ष अघि साउदी अरबले कतारविरुद्ध नाकाबन्दी लगायो र सबै राजनीतिक सम्बन्ध तोड्दा संयुक्त अरब इमिरेट्स, बहराइन, मिश्र, मालदिभ्स, मरिटेनिया, कोमोरोस, यमनको निर्वासित सरकार र लिबिया साउदी अरबको साथ थिए । 

साउदी अरबले कतारले आतंकवादी गतिविधिको समर्थन गरेको आरोप लगाएको थियो । साउदीले कतारको विमानलाई लिएर आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगायो । कतारलाई सबै छिमेकी देशसँग अलग गर्दियो र यो आज पनि जारी छ । 

साउदीले मध्यपूर्वमा आफूलाई एकछत्र नेता बनाएको छ । साउदी अरब सबै सुन्नी मुस्लिम देश खासगरी अरब खाडीका देश आफ्नो मातहतमा काम गरोस् भन्न चाहन्छ । 

कतारले यो कुरा नमान्दा साउदीले उविरुद्ध नाकाबन्दी लगायो, जुन आज पनि जारी छ । साउदीको यो कोसिस कतार मात्र होइन, उसको असली निशाना इरान हो । साउदी अरब इरानलाई आफ्नो मुख्य प्रतिद्वन्द्व मान्छ । 

साउदी केवल मध्यपूर्वमा नेता बन्न खोजिरहेकोजस्तो देखिन्छ तर उसको पाइल सबैतिर छ । साउदीको नाकाबन्दीबाट न त कतार झुक्यो न त उसलाई कुनै ठूलो नोक्सान भयो । यद्दपि यो विषयलाई लिएर साउदी कमजोर भएको छैन बरु कैंयौ विषयमा मजबुत भएको छ । 

तेल र प्राकृतिक ग्याँस साउदी अरबको सम्पन्नताको कारण हो, यो सबैलाई थाहा नै छ । आफ्नो सम्पन्नताको कारण साउदीले ठूलो संख्यामा सेना तयार गरेको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्चका अनुसार सन् २०१७ मा साउदीले रक्षामा ७० अर्ब डलर खर्च गरेको थियो । यो रकम साउदी अरबको कुल गार्हस्थ उत्पादनको १० प्रतिशत हो ।

यही खर्चका साथ साउदी रक्षा खर्चमा बजेट छुट्याउने तेस्रो ठूलो देश बनेको छ । साउदी अरब योसँगै ओपेक र गल्फ कोअपरेशन काउन्सिलमा पनि प्रभावशाली छ । विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिका पनि साउदी अरबको मित्र हो । 

विश्वको तानाशाही शासन र उनका भ्रष्ट नेताहरुको लेखाजोखा 'इन्टरनेसनल ट्राइब्यूनल्स' अथवा 'ट्रुथ एण्ड रिकन्सिलिएसन कमिसन' राख्दथ्यो । तर साउदी अरब यी संस्थानका लागि सदैव अपवाद रह्यो । साउदी अरबमा सन् १९३८ मा तेलको विशाल भण्डार भेटिएपछि यहाँको शाही परिवारमा जबर्जस्त शक्ति आयो ।

यो शक्तिबाट विश्वको अर्थव्यवस्थालाई स्थिर बनाउन सकिन्थ्यो अथवा तोडफोडको स्थिति पनि ल्याउन सकिन्थ्यो । यही शक्तिको आडमा अमेरिकासहित पूरै पश्चिम र संयुक्त राष्ट्रसंघले पनि साउदीको सबै जिद्दीलाई सहन बाध्य भयो । 

साउदी केवल आफ्नो घरमा मात्र मानवअधिकारलाई निशाना बनाएन, चरमपन्थी इस्लामिक समूह तालेबान, नुसरा फ्रन्ट र सिरियामा सक्रिय अल कायदालाई आर्थिक सहयोग पुर्याएको विषयमा पनि संदिग्ध रहेको छ । 

यो सबैको बदलामा साउदीले अमेरिकालाई कैंयौ प्रकारको सहयोग गर्यो । उसले अमेरिकी एयरफोर्सको लडाकू विमानलाई विश्वको सबैभन्दा अहम् इलाकामा उडान भर्ने अनुमति दियो । यसका साथै अमेरिकी सेनालाई आवश्यक पर्ने सामानमा सहयोग पुर्‍यायो । 

साउदीका पूर्व अमेरिकी राजदूत चैसा फ्रिमेनले न्यूजवीकलाई भने, ‘मानव अधिकार र मूल्यको अमेरिका र साउदी सम्बन्धमा कुनै भूमिका छैन । सुरुवाती दिनदेखि नै दुई देशको सम्बन्ध पारस्परिक राष्ट्र हितबाट सञ्चालित भैरहेको छ । 

अमेरिका र साउदी अरबको सम्बन्धको सुरुवात सन् १९४५ मा प्रणय दिवसको दिन भएको थियो । अमेरिकी राष्ट्रपति फ्र्यांकलिन डी रुजवेल्ट र साउदी अरबका संस्थापक राजा अब्दुलअजीज इब्न साउदको भेट स्वेज नहरको अमेरिकी जहाजमा भएको थियो । 

यही भेटमा राजा अब्दुलअजीज अमेरिकालाई साउदीको तेल सस्तो मूल्यमा दिन तयार भए । यसको बदलामा रुजवेल्टले साउदीलाई बाहिरी दुस्मनबाट बचाउने जिम्मा लिएका थिए । 

प्रणय दिवसको दिन सुरु भएको यो सम्बन्धले छ इजरायली अरब युद्ध झेलिसकेको छ । सन् १९७३ को अरब तेल संकटमा पनि यी दुई देशबीचको सम्बन्धमा कुनै आँच आएन । 

तेलको बदला सुरक्षाको समिकरण दुई देशबीच अझ घनिष्ट मजबुत हुँदै गयो । जसको कारण ९/११ को आक्रमणको पनि धेरै असर परेन किनकि विमान अपहरण गर्ने धेरै मानिसहरु साउदी अरबका नागरिक थिए । 

अमेरिकाले सन्  २००३ मा इराकमा आक्रमण गर्दा सद्दाम हुसेनको सत्ता ढल्दा इरान मजबुत हुन्छ भन्ने साउदीलाई थाहा थियो । तर त्यो समयको आँचबाट पनि यी दुई देशको सम्बन्धमा कुनै चिसो पसेन । 

सन् १९९१ मा फारसको खाडी युद्धमा पनि अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज एच डब्ल्यू बुसले रुजवेल्टको सम्झौताको सम्मान गर्दै साउदी अरबलाई इराकी सेनाबाट बचाएका थिए । 

७३ वर्षको यो सम्बन्धमा मात्र दुई पटक मात्र अमेरिका र साउदी अरबबीच तनावको अवस्था सिर्जना भयो । 

तर पूर्व अमेरिकी राष्ट्रपति बाराका ओबामाको भने अलग नीति थियो । साउदी अरबले इरानसँगै ओबामाको परमाणु सम्झौताको विरोध गरिरहेको थियो । यही कारणले गर्दा साउदी अरब ट्रम्पले चुनाव जितेको हेर्न चाहन्थ्यो । 

साउदी अरबमाथि अन्य कुनै पश्चिमी देशको तुलनामा ट्रम्प निकै दयालु देखिएका छन् । तर ट्रम्पको यो माया अमेरिकाको हित नै दाउमा लाग्ने बताइएको छ । 

आलोचकहरुका अनुसार, साउदी अरब यमनमा अमेरिकी हतियारको दममा लडिरहेको छ । त्यसैगरी साउदीले कतारमाथि नाकाबन्दी लगाएर अमेरिकालाई असहज अवस्थाको सिर्जना गरेको छ । यो अमेरिकाको लागि राम्रो कुरा भने होइन । 

'बीबीसी' हिन्दी बाट 

उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया