कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै - आइएमई ग्रुपले प्रवर्द्धन गरेकाे आईएमई पे र आईसीएफसी फाइनान्सबीच बैंकिङ्ग साझेदारीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बुधबार आईएमई पे का तर्फबाट सञ्चालक खिलेन्द्र पौडेल र आईसीएफसी फाइनान्सका तर्फबाट सामान्य सेवा विभाग प्रमुख संजय थपलियाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार आईसीएफसी फाइनान्स आईएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ । आईसीएफसी फाइनान्समा खाता भएका सेवाग्राहीहरूले खाताको पैसा आईएमई डिजिटलमा रकमान्तर गर्न र आईएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।