विश्वकप क्रिकेट: पच्छ्याउला त पाकिस्तानले अपराजित न्युजिल्याण्डले दिएकाे २३८ रनकाे मध्यम लक्ष्य?

 असार ११, २०७६ बुधबार २०:५४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेटमा अपराजित रहेको न्युजिल्याण्डले पाकिस्तानलाई २३८ रनको लक्ष्य दिएको छ ।

टस जितरेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले ६ विकेट गुमाएर २३७ रन बनाएको हो । ८३ रनमा ५ विकेट गुमाएको न्यूजिल्याण्डका लागि जिमी निशम र कोलिन डि ग्राण्डहोमले इनिङ सम्हालेका थिए ।

उनीहरुका बीचमा १२० रनको साझेदारी भएपछि सम्मानजनक स्कोरमा पुगेको थियो । नीशाम ९७ रनमा नट आउट हुँदा ग्राण्डहोम ६४ रनमा आउट भए । यसैगरी केन विलियमसनले ४१ रन बनाएका थए ।

पाकिस्तानका शाहीन अफ्रिदीले तीन तथा मोहम्मद आमिर र शदाब खानले एक-एक विकेट लिए ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया