रिलायन्स लाइफ इन्स्योरेन्सको चौबीसै घण्टा खुला रहने सम्पर्क केन्द्र सञ्चालनमा

 असार १२, २०७६ बिहिबार ११:२३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चौबीसै घण्टा र ३ सय ६५ दिन नै सम्पर्क केन्द्र सञ्चालन गर्ने भएको छ । 

जीवन बीमाको बारेमा जनचेतना अभिवृद्धि गर्न सञ्चालित केन्द्रको बुधबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ र कम्पनीका अध्यक्ष ताराचन्द केडियाले सयुक्त रुपमा उद्धघाटन गरेका थिए ।

सम्पर्क केन्द्रबाट आम नागरिकले जीवन बीमा, कम्पनीको योजनाहरुको बारेमा परामर्श लिनुका साथै ग्राहक र रिलायन्स साथीले सल्लाह, सुझाव र गुनासो कम्पनीको आधिकारिक फेसबुक, ट्वीटर, वेबसाइट, इमेल वा मोबाइल एप र फोनमार्फत लिन सक्ने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया