पाँचथरमा आगलागी, ५६ लाखभन्दा बढीको क्षति

 असार १२, २०७६ बिहिबार १२:१६:४५ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – कुम्मायक गाउँपालिका–४ स्थित तिङदेन बजारमा बिहीबार बिहान आगलागी भएको छ ।आगलागीबाट ५६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

स्थानीय तिलविक्रम सम्बाहाम्फेको घरमा जडान गरिएको विद्युतको मिटर बक्सबाट सल्किएको आगोले सम्बाहाम्फेको टिनले छाएको २ तले  घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । जलेर नष्ट भएको घरमा किराना पसलसमेत रहेको थियो ।

सम्बाहाम्फेको घरमा रहेको किराना पसलका सम्पूर्ण सामानसँगै १० तोला सुन, नगद १ लाख ५० हजार, लत्ता कपडा, अन्नपात जलेर नष्ट हुँदा ५६ लाख ९५ हजार बराबरको क्षति भएको इलाका प्रहरी चौकी यासोकका इन्चार्ज वानबहादुर चौहानले बताउनुभयो ।

आगलागीबाट सँगै रहेको लेखनाथ खनालको घरमा पनि आंशिक क्षति पुगेको छ ।

बिहान साढे ६ बजे सुरु भएको आगलागी करिब तीनघण्टा पछि नियन्त्रणमा लिइएको थियो । सदरमुकाम फिदिमबाट करिब २ घण्टाको दूरीमा रहेको यो ठाउँमा आगलागी नियन्त्रण भएपछिमात्र फिदिमबाट गएको दमकल पुगेको थियो ।

अन्तिम अपडेट: चैत १६, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया