किम जाेङले स्विकार्लान् त ट्रम्पकाे निम्ताे ?

 असार १४, २०७६ शनिबार १५:४७:४९ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई वार्ताका लागि आमन्त्रित गरेका छन् । 

ट्रम्पले किमलाई दक्षिण कोरिया र उत्तर कोरियाको असैन्यकृत क्षेत्रमा आउनका लागि भनेका छन् । तर ट्रम्पको यो आमन्त्रणलाई लिएर किमले अहिलेसम्म स्वीकार जनाएका छैनन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विटरमा लेखेका छन्, ‘चीनका राष्ट्रपति सी जिनपिङसँगको बैठकसहित अन्य महत्वपूर्ण बैठकपछि जापान (राष्ट्रपति मूनसँगै) बाट दक्षिण कोरिया जान्छु । त्यहीँ उत्तर कोरियाली नेता किम देखिए भने म उनीसँग दक्षिणउत्तर कोरियाको सीमा डीएमजेडमा भेटवार्ता गर्न र हात मिलाएर 'हेलो' भन्न चाहन्छु ।' 

यदि ट्रम्पको निमन्त्रणलाई किमले स्विकारे भने यो दुई नेताबीचकाे तेस्रो भेटवार्ता हुनेछ । ट्रम्प र किमले यस अघि सिंंगापुर र भियतनामकाे हनोईमा शिखर वार्ता गरिसकेका छन् । 

ट्रम्पको निमन्त्रणालाई लिएर उत्तर कोरियाले भने कुनै आधिकारिक जानकारी दिइसकेको छैन । उत्तर कोरियाले अचानक रुपमा आएको ट्रम्पको निमन्त्रणालाई 'रोचक' भएको बताएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया