किम जाेङ उनलाई भेट्न अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर काेरियासम्म पुगे

 असार १५, २०७६ आइतबार १४:१७:५९ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ता भएको छ । यी दुई नेताबीच यो तेस्रो भेटवार्ता हो ।  

उत्तर कोरिया र दक्षिण कोरियाको असैन्यकृत क्षेत्र (डीएमजेड) मा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले संक्षिप्त भेट गरेका हुन् । 

यो भेटपछि दुई देशबीच बढिरहेको तनाव कम हुनसक्ने बताइएको छ । ट्रम्पले यस अघि नै किमसँग भेट्न चाहेको बताएका थिए । ट्रम्पले भनेका थिए, ‘हामी उत्तर-दक्षिण कोरियाको असैन्यकृत सीमामा जाँदैछौँ  र म त्यहाँ किम जोङसँग भेट गर्नेछु । हामीले राम्रो सम्बन्धको विकास गरेका छौँ ।’

आलोचकहरुले यी दुई नेताबीचको भेटलाई शुद्ध राजनीतिक नाटक मानेका छन् भने केहीले भविष्यमा भेटवार्ता गर्नको लागि बाटो खुलेको बताएका छन् । 
यस अघि गएको फेब्रुअरी महिनामा यी दुई नेताबीचको बैठक बिना कुनै सम्झौता र परमाणुमुक्त मुद्दामा वार्ता बिना नै सकिएको थियो । 

तेस्रो भेटवार्तापछि भने ट्रम्पले यो भेट निकै 'ऐतिहासिक' रहेकाे र दुई कोरियाको सीमामा पाइला राख्न पाउँदा 'गर्वकाे महसुस' गरेको बताएका थिए । त्यस्तै उत्तर कोरियाली नेता किमले यो भेटले ट्रम्प र आफूबीचको सम्बन्ध 'मजबुत' छ भन्ने प्रमाणित भएको प्रतिक्रिया दिएका छन् । 

उत्तर कोरियालाई विवादास्पद परमाणु हतियारको कार्यक्रम रोक्ने मनसायका साथ ट्रम्प र किमबीच पहिलो पटक सिंगापुरमा भेटवार्ता भएको थियो । पहिलो भेटबाट केही उपलब्धि हुन सकेन । 

गएको महिना भियतनामकाे हनोइमा गएको फेब्रुअरी महिनामा भएको दोस्रो भेटमा परमाणु कार्यक्रमले गति लिने अपेक्षा गरिएको थियो । तर दोस्रो बैठक पनि बिना कुनै सम्झौता सकिएको थियो । 

भरखरै मात्र अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले चिठी आदनप्रदान गरेका थिए ।   
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया