यस्ता देखिए धिरेन शाक्य नयाँ म्यु्जिक भिडियाेमा

 असार २३, २०७५ शनिबार १२:१४:१७ | उज्यालो सहकर्मी

काठमाडौं – नायक धिरेन शाक्य लामो समयपछि पर्दामा देखिएका छन् ।

एक जमानाका लोकप्रिय स्टार शाक्य पछिल्लो समय प्रमोद प्रसाईं र सोनी कार्कीको स्वरमा रहेको ‘जता हेर्छु केबल तिमी’ बोलको गीतको भिडियोमा देखिएका हुन् । 

सोनी कार्कीकै शब्द र रिदम कँडेलको संगीतमा रहेको गीतको भिडियोमा नायक शाक्यलाई अभिनयमा कमला दाहालले साथ दिएकी छिन् । 

 

भिडियो बेलायतको लण्डनमा छायांकन गरिएको हो ।

सञ्चारकर्मी कुशल श्रेष्ठले निर्देशन, छायांकन र सम्पादन गरेको भिडियोमा बेलायतको मुटु लन्डन टावर ब्रीज, ग्रीनबीच आदि देख्न सकिन्छ ।  

अन्जली केसीको डिजाइन र प्रभु गुरुङको कोरियोग्राफीमा भिडियो बनेको छ । 

जर्मनीमा बस्दै आएकी कमलाले तामिल, नेपाली र हिन्दी केही चलिचित्रमा समेत अभिनय गरेकी छिन् ।


 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया