इन्द्रसरोबर तालमा डुबेर दुई बालकको मृत्यु

 असार २३, २०७५ शनिबार १३:९:४९ | हरि हुमागाईं

मकवानपुर – मकवानपुरको उत्तरीक्षेत्रमा रहेको इन्द्रसरोवर तालमा शुक्रबार साँझ दुई बालकको डुबेर ज्यान गएको छ ।

इन्द्रसरोवर गाउँपालिका–१, कुलेखानीमा रहेको इन्द्रसरोवर तालमा पौडी खेल्ने क्रममा दुई बालकको डुबेर ज्यान गएको हो । इन्द्रसरोवर–१ बस्ने पुष्करबहादुर थिङका १२ वर्षीय छोरा समीर र थाहा नगरपालिका–९, बस्ने विश्वरुप आलेका आठ वर्षीय छोरा चन्द्रबहादुरको ताला डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धीराज गुरुले बताउनुभयो ।

शवको पोष्टमाटर्म शनिबार भएको छ । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया