अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

 असार २०, २०७६ शुक्रबार ८:४३:३९ | एजेन्सी
unn.prixa.net

अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । लस एन्जलसबाट २ सय ४० किलोमिटर उत्तरपरुर्वी रिज्क्रेस्ट शहर केन्द्रबिन्दु भएर दुई दशक यता कै शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ ।

भूकम्पका कारण केही ठाउँमा क्षती पुग्नुका साथै आगलागी पनि भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेर अवस्था नियन्त्रणमा रहेको बताएका छन् ।

भूकम्पको केन्द्र भएको स्थानमा निकै नै क्षति भएको स्थानीय भूगर्भविद् प्राध्यापक जोह रन्डलीले बताएको बीबीसीले उल्लेख गरेको छ । उनले धेरै जनसंख्या भएको क्षेत्रबाट भूकम्पको केन्द्र टाढा परेकोले बढी क्षति हुन नपाएको बताएका छन् ।

भूकम्पको केन्द्र भएको स्थानमा दर्जनौँ भवनमा आगलागी भएको आशंका गरिएको छ । मानवीय क्षतिबारे भने सार्वजनिक गरिएको छैन ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया