जब पञ्जाबका दुई किशोरीले राष्ट्रपति कोविन्दलाई आफ्नै रगतले चिठी लेखे...

 असार २१, २०७६ शनिबार १६:५:२८ | एजेन्सी
unn.prixa.net

भारतकाे पञ्जाब राज्यकाे मोगा शहरका दुई किशोरीले आफ्नै रगतबाट राष्ट्रपति रामनाथ कोविन्दलाई चिठी लेखेका छन् । 

ती दुई किशोरीले आफूमाथि झूटो आरोप लगाइएको र सहयोगका लागि भनेर राष्ट्रपति कोविन्दलाई चिठी लेखेका हुन् । चिठीमा दुई जना किशोरीले ठगीको आरोपमा आफूमाथि आरोप लगाइएको दावी गरेका छन् । 

उनीहरुले चोरीको आरोपमा फसेको र डर त्रासको वातावरणमा बाँचिरहेको चिठीमा लेखेका छन् । ती दुई किशोरीले न्याय नपाएको खण्डमा पुरै परिवारको लागि इच्छामृत्युको माग गरेका छन् । 

‘भारतीय दण्ड संहिताको धारा ४२० को अनुसार कथित भिसा ठगीको आरोपमा झूटो मुद्दा दर्ता गरिएको छ । हामीले प्रहरीलाई पनि अनुसन्धान गर्न भन्यौँ तर कसैले पनि सुनेनन्,' ती दुई किशोरीको भनाइलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।    

‘यदि हामीले न्याय पाएनौँ भने पुरै परिवारका लागि इच्छामृत्युको माग गरेका छौँ', उनीहरुले भनेका छन् । 

मोगाका प्रहरी अधिकारी कुलजिन्दर सिंंहले दुई किशोरीले प्रहरीमाथि लगाएको आरोपलाई नकारेका छन् । उनले दुई जना किशोरीमाथि आपराधिक मुद्दा दर्ता भएको र जाँच चलिरहेको बताए । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया