कलाकार राजोपाध्यायलाई ‘इन्डियन बेस्टिज अवार्ड–२०१९’ बाट सम्मानित गरिने

 असार २२, २०७६ आइतबार १७:०:४० | रासस
unn.prixa.net

काठमाण्डाै - तीन दशकदेखि संगीत साधनामा लाग्नुभएका वरिष्ठ कलाकार सुदर्शन राजोपाध्यायलाई सम्मान गरिने भएको छ ।

भारतको प्रसिद्ध एनआरबी फाउन्डेसन र भव्या इन्टरनेशनलले राजोपाध्यायलाई ‘इन्डियन बेस्टिज अवार्ड–२०१९’ बाट सम्मान गर्न लागेको हो । वरिष्ठ सरोदवादक तथा गायक राजोपाध्यायले आयोजक संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको सङ्गीत र साहित्यतर्फको सम्मानबाट यसपटक आफूलाई छनोट गरेको जानकारी दिनुभयो ।

यही असार २९ गते भारतको राजस्थानमा आयोजना हुने कार्यक्रममा उहाँलाई सम्मान गरिनेछ । उक्त कार्यक्रममा नेपालसहित भारत, माल्दिभ्स लगायतका देशबाट पनि सहभागिता हुनेछ । अन्तरराष्ट्रिय मैत्री सम्मेलनको कार्यक्रममा राजोपाध्यायको सरोदवादन कार्यक्रम पनि प्रस्तुत हुनेछ । 

सन् २०१३ मा भारतको पश्चिम बङ्गाल सरकारबाट समेत सम्मानित राजोपाध्यायले सन् २०१५ मा गुजरातमा सुरिल साँझको तर्फबाट स्वर्णपत्र प्राप्त गरिसक्नुभएको छ । नेपाल र भारतमा गरेर दर्जनौँ सरोदवादनका कार्यक्रम गरिसक्नुभएका उहाँ सन् २००२ मा रेडियो नेपालमा भएको जिल्लाव्यापी सङ्गीत प्रतियोगितामा प्रथम हुनुभएको थियो  ।

नेपालमा ‘शास्त्र सम्मान २०१८’, ‘सेभ दी नेशन अवार्ड’ लगायत थुप्रै पुरस्कारबाट सम्मानित उहाँका नेपाली र नेवारी गरेर चर्चित ‘पलपल’, ‘पानीसरी’, ‘त्यो रात’, ‘नसला’, ‘हसना’, ‘छन्हु’, ‘निन्हु’, ‘छगू’ ‘मतिना’ लगायतका क्यासेट तथा सिडी बजारमा पाइन्छन् । जापानी भाषामासमेत गीत गाइसक्नुभएका उहाँका शास्त्रीय संगीततर्फ ‘वन डे रागाज’, ‘सोलफूल म्युजिक फर मेडिटेसन’, भारतबाटै ‘सुरिल म्यूजिक इन २०१५’ प्रकाशित छन् ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया