खाेलामा फसेकाे टिपर निकाल्ने क्रममा बिजुलीकाे तार छाेइँदा ज्यान गयाे

 असार २२, २०७६ आइतबार १७:४८:५७ | हेमराज शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दाङ - देउखुरीमा करेन्ट लागेर आइतबार एक जनाको ज्यान गएको छ ।

आइतबार दिउँसो लमही नगरपालिका–७, सम्राट सिमेन्ट उद्योग नजिक अर्जुन खोलामा फसेको रा १ क १६६० नम्बरको टिप्पर निकाल्ने क्रममा बिजुलीको तार छाेइँदा घाइते भएका टिप्पर निकाल्न प्रयाेग गरिएकाे क्रेनका सहचालकका‍े ज्यान गएकाे हाे ।

ज्यान गुमाउने  क्रेनका सहचालक प्युठान जिल्लाकाे प्युठान नगरपालिका–९ मरेङ बस्ने २७ वर्षीय खेतुलाल घर्तीमगर रहेकाे प्रहरीले जनाएकाे छ । 

खोलामा फसेको टिप्परलाई बा २ क ५६३९ नम्बरको क्रेनले निकाल्ने क्रममा बिजुलीको तार छुँदा घर्तीमगर घाइते भएका थिए । घाइते घर्तीमगरको देउखुरीमा रहेको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक बिनोद विक्रम शाहले जानकारी दिनुभयाे ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया