एसीसी यू १९ इस्टर्न रिजनको सेमिफाइनल खेलमा मलेसियाविरुद्ध नेपालले पहिला फल्डिङ गर्ने

 असार २३, २०७६ सोमबार ८:१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी इस्टर्न रिजन क्रिकेटमा नेपालले फाइनल प्रवेशका लागि सोमबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । समूह एको विजेता नेपाल र समूह बीको विजेता मलेसियाबीचको खेल किनरारा मैदानमा हुन लागेको हो ।  नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ । 

सोमबारको खेल सिंगापुरविरुद्ध खेलेको पिचमा खेल हुन लागेको छ । जसका कारण स्पिनरलाई अलि बढी फाइदा पुग्ने अनुमान गरिएको छ ।

तर खेलमा वर्षाले प्रभाव पार्ने पनि आंकलन गरिएको छ । मलेसियाको मौसम विभागले सोमबार पानी पर्ने सम्भावना रहेको औंल्याएको छ । पानी परेर खेल रद्द भएमा नेपाल समूह चरणको रन रेटका आधारमा फाइनलमा पुग्ने छ ।

नेपाली टिमले विशाल विक्रम केसी, प्रतिस जिसी र लोकेश बमलाई विश्राम दिइएको छ । यस्तै, कमलसिंह ऐरी र रसिद खान एकैपटक सँगै खेल्दैछन् ।

मलेसियाविरुद्धको प्लेयिङ ११

रोहित कुमार पौडेल कप्तान
पवन सर्राफ
हरि बहादुर चौहान
रित गौतम
भिम सार्की
सागर ढकाल
कमल सिंह ऐरी
रशिद खान
तिलक राज भण्डारी
खडक बोहरा
कुशल मल्ल

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया