यूएईका प्रधानमन्त्री समक्ष नेपालसहित १० देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

 असार २३, २०७६ सोमबार १२:२९:४२ | उमाकान्त पाण्डे

यूएई – यूएईका लागि नवनियुक्त नेपाली राजदूत कृष्णप्रसाद ढकालले उप-राष्ट्रपति तथा प्रधानमन्त्री समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनु भएको छ ।

राजदूत ढकालले यूएईका प्रधानमन्त्री शेख महम्मद बिन रशीद अल मक्तुम समक्ष आइतबार आफ्नो ओहोदाको प्रमाण पत्र बुझाउनु भएको हो । नेपालसहित यूएईका लागि नवनियुक्त अन्य १० देश थाईल्याण्ड, रसीया, इथोपीया, अजरबैजन, कोशोभो, बेलारुस, कोरिया, फीनल्याण्ड र इराकले  ओहोदाको प्रमाणपत्र बुझएको नेपाली दूतावास आबुधाबीले जनाएको छ । 

ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै यूएईका प्रधानमन्त्री शेख अल मक्तुमले दुई देशबिचको सम्बन्धको बिकास र नागरिकको हितमा सधैव आफू र आफ्ना मन्त्रालयले समन्वय गर्ने बताउनुभयो । विशेष समारोहमा यूएईका विभिन्न प्रान्तका प्रमुख तथा मन्त्रालयका उच्च अधिकारीहरुको सहभागीता थियो । 

नेपालले गएको फागुन अन्तिम साता यूएईका लागि राजदूतको रुपमा परराष्ट्र सेवामा कार्यरत ढकाललाई यूएई पठाएको थियो । यूएईमा रहेको नेपाली दूतावास २०७३ वैशाख ३ गतेबाट राजदूतविहीन थियो । ढकाल राजदूत भएर आउनु अघि उपनियोग प्रमुख सागरप्रसाद फुयाँलले कार्यबाहक राजदूतको रुपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया