खेलकूद क्षेत्रको पनि सिन्डिकेट हटाउने मन्त्री थापाको प्रतिबद्धता

 असार २४, २०७५ आइतबार ६:४६:५० | रासस
unn.prixa.net

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले खेलकूद क्षेत्रमा समेत  सिन्डिकेट रहेको भन्दै त्यसलाई हटाइने बताउनुभएको छ ।

नेपाल मगर खेलकूद संघले शनिबार काठमाडौंमा आयोजना गरेको मगर खेलाडी सम्मान तथा सांस्कृतिक कार्यक्रममा गृहमन्त्री थापाले केही व्यक्ति र समूहले खेलकूद क्षेत्रमा सिन्डिकेट चलाउन खोजेको भन्दै त्यो स्वीकार्य नहुने बताउनुभयो ।

उहाँले राजनीतिक र खेलकूद क्षेत्रमा मगर समुदायको विशिष्ट योगदान रहेको बताउनुभयो ।

गृहमन्त्री थापाले शान्ति, सुशासन कायम हुनका साथै अपराधिक गतिविधिमाथि नियन्त्रण गर्नसके  देशको आर्थिक विकास हुने भएकाले यस क्षेत्रमा सरकारलाई सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो । 

संघका उपाध्यक्ष तथा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमगरले मगरजातिको कला तथा संस्कृति सबै नेपाली जनताको सम्पत्तिका रुपमा रहेको बताउँदै यसको संरक्षण गर्न राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल मगर संघका अध्यक्ष नविन रोक्का मगरले मगरात र तमुवानको छुट्टै गौरवशाली इतिहास रहेको चर्चा गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया