धनकुटामा पूर्वाञ्चल गट ट्यालेन्ट सिजन थ्री आयाेजना हुँदै, अडिसन असार २८ देखि

 असार २५, २०७६ बुधबार १७:८:५१ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - स्थानीय लोक संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले धनकुटामा पूर्वाञ्चल गट ट्यालेन्ट सिजन थ्री हुने भएको छ ।

एकल गायन र नृत्य विधाको प्रतियोगिताको लागि प्रदेश १ का ८ जिल्लामा अडिसन हुनेछ । अडिसन असार २८ गते उदयपुर, साउन ३ गते झापा, साउन ४ गते विराटनगर मोरङ, साउन ११ गते सुनसरीको इटहरी, साउन १८ गते भोजपुर र संखुवासभा खाँदबारी, साउन २० गते तेह्रथुमको बसन्तपुर र साउन २५ गते धनकुटाको तल्लो टुँडिखेलमा हुने टिन्स क्र्यू डान्स सेन्टरका कार्यक्रम संयोजक सुमन योगीले बताउनुभयाे ।

गायन र नृत्य विधाका दुवै विजेतालाई एक-एक लाख नगद सहित ५ लाख बराबरको जीवन बीमा गरिनेछ । 

उप विजेतालाई दुई लाख बराबरको जीवन बीमा र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । उत्कृष्ट फाइनलिष्टलाई म्यूजिक भिडियो र भाग्यशाली फाइनलिष्टलाई सिंगापुर भ्रमण गराइने संयोजक योगीले जानकारी दिनुभयाे ।

‍अडिसनको प्रमुख निर्णायक गायनतर्फ राष्ट्रिय गायिका कुन्ती मोक्तान र नृत्यतर्फ दिलिप रायमाझी रहनेछन् । पूर्वाञ्चल डान्सिङ सुपरस्टार २०७३ र पूर्वाञ्चल गट ट्यालेन्ट २०७४ पछि पूर्वाञ्चल गट ट्यालेन्ट सिजन थ्री धनकुटामा गर्न लागिएको आयोजकले जनाएको छ ।
    
 

अन्तिम अपडेट: चैत २३, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया