मोटरसाईकल दुर्घटनामा ४ वर्षीया छोरी र बुबाको मृत्यु

 असार २४, २०७५ आइतबार ७:५१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – चुच्चेपाटीमा दुईवटा मोटरसाइकल ठोक्किँदा चार वर्षिया छोरी र उनका बुबाको ज्यान गएको छ । बा ५७ प ५७०५ मोटरसाइकल र बा ९० प ३२८३ नम्बरको मोटरसाइकल ठोक्किँदा चुच्चेपाटीका कुमार श्रेष्ठ र उहाँकी ४ वर्षकी छोरी रियाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते एकजनाको ओम अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, काठमाडौंको भोटाहिटीमा राति १ बजे रोकिराखेको ना ७ ख ३५२० नम्बरको ट्रकमा बा ५८ प ६४५९ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक  भक्तपुर ठिमी नगरपालिकाका २६ वर्षका नरम वनको ज्यान गएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइलक पछाडि बस्ने मुरारी झाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया