मावा खोलाले बगाएकी महिलालाई प्रहरी र स्थानीयवासीले बचाए

 असार २६, २०७६ बिहिबार १९:१२:५२ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – उर्लाबारी नगरपालिका-६ को मावा खोलाले बगाएकी एक महिलाको बिहीबार दिउँसो प्रहरी र स्थानीयवासीले उद्धार गरेका छन् ।

उर्लाबारी र दमक नगरपालिकाको सीमा भएर बग्ने मावा खोलामा बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा ४६ वर्षीय सुमित्रामाया कुमाललाई खोलाले बगाएको थियो ।

खोलाले बगाएकी महिलालाई इलाका प्रहरी उर्लाबारीबाट खटिएकाे प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको नेतृत्वकाे टोली र स्थानीवासीले उद्धार गरेका हुन् ।

घाइते महिलाको उर्लाबारी-५ को अरनिको अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया