ट्राफिक कारबाहीबाट ११ महिनामा २ करोड ६० लाख जरिवाना संकलन

 असार २४, २०७५ आइतबार ९:१६:४६ | उज्यालो सहकर्मी

मोरङ – जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले चालु आर्थिक वर्षको ११ महिनामा २ करोड ६० लाख ९३ हजार जरिवाना संकलन गरेको छ । ट्राफिक प्रहरीले गएको आर्थिक २०७३/०७४को भन्दा ६१ लाख २७ हजार बढी जरिवाना संकलन गरेको हो । 

आर्थिक वर्ष २०७४/७५ मा ट्राफिक नियम उल्लंघन गरेका सवारी साधनबाट जरिवाना संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । चालु आर्थिक वर्षमा बढी ट्राफिक नियम उल्लंघन गरेको भन्दै मोरङ ट्राफिकले १६ हजार ७ सय ६३ वटा मोटरसाइकललाई कारबाही गरी एक करोड १ लाख ९० हजार पाँच सय जरिवाना संकलन गरेको हो ।

वर्षभरीमा मोरङ ट्राफिकले ट्राफिक नियम उल्लंघन गरेको ४७ हजार ७ सय ६८ वटा सवारीसाधनलाई कार्वाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक शिवकुमार पोखरेलले जानकारी दिनुभयो । त्यस्तै, मोरङ ट्राफिकले ६ हजार ७ सय ४ वटा ट्रकलाई कारबाही गर्दा ३४ लाख ६१ हजार संकलन गरेको, ३ हजार ६ सय २६ बसलाई कारबाही गर्दा १९ लाख, १ हजार २ सय ३३ वटा कार, जीप र भ्यानलाई कारबाही गर्दा ५२ लाख ४६ हजार  जरिवाना संकलन गरेको पोखरेलले जानकारी दिनुभयो ।

४ हजार ४ सय ९३ ट्याक्टर कारबाही गर्दा ३४ लाख ९६ हजार जरिवाना संकलन गरेको छ । त्यस्तै ५ हजार ५ य ४९ अन्य सवारी साधनलाई ट्राफिक नियमको उल्लंघन गरेमा २७ लाख ९८ हजार जरिवाना संलन गरेको छ । 

यस्तै गएको ११ महिनामा मोरङमा ६ सय ९१ वटा दुर्घटना हुँदा एक सय तीनजनाको ज्यान गएको  ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको छ । चालु आर्थिक वर्षमा ३ सय ४७ वटा मोटरसाईकल दुर्घटनामा परेको थियो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया