प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
बैतडी – बैतडीमा ढुंगाले लागेर एक जनाको ज्यान गएको छ । सिगास गाउँपालिका वडा नम्बर–५, ढुङ्गाडका २९ वर्षीया कित्थी चुनाराको शुक्रबार ज्यान गएको हो ।
शुक्रवार बिहान स्थानीय जिनजेनी भिरमा घाँस काट्ने क्रममा माथिबाट आएको ढुंगाले लागेर चुनाराको घटनास्थलमै ज्यान गएको सिगासका स्थानीय राजेन्द्र साउदले जानकारी दिनुभयो ।
मृतक महिलाका श्रीमान, दुई छोरा र दुई छोरी रहेका छन् । घटनास्थलतर्फ प्रहरीको टोली गइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।