सुनियोजित रुपमा अस्पतालबाट शिशु चोरियो : प्रहरी

 असार २८, २०७६ शनिबार ७:३४:२६ | देव पचभैया
unn.prixa.net

पाल्पा – लुम्बिनी मेडिकल कलेज, प्रभासबाट सुनियोजित रुपमै शिशु चोरिएको प्रहरीले जनाएको छ ।

शिशु लिएर हिँड्ने महिला तीन–चार दिन अघिदेखि नै अस्पताल वरपरि हिँडडुल गरेको  स्थानीयले देखेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

शिशु चोर्ने महिला सीसी क्यामेराको भिडियोमा देखिएको र त्यही भिडियोका आधारमा उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण सापकोटाले भेटिएको फोटो र भिडियो फुटेज काठमाण्डौ पठाउने र  त्यसैका आधारमा खोजबिन गर्ने जानकारी दिनुभयो । ‘न कसैले चिनेको महिला हो, न उसको फोन नम्बर छ’, सापकोटाले भन्नुभयो, ‘भेटिएको फोटो र भिडियोका आधारमा खोजबिन चलिरहेको छ ।’ 

अस्पतालको कुनै पनि सीसी क्यामेराले काम नगरेको र शुक्रबार ३ बजे हराएको शिशुका बारेमा प्रहरीलाई ५ बजे मात्रै खबर हुँदा पनि खोजबिनमा समस्या भएको प्रहरीले जनाएको छ । अस्पताल छेउमा रहेको होटेलको सीसीटीभी फुटेजमा भने अस्पतालबाट शिशु चोरेर हिँडेकी महिला देखिएकी छिन् ।

अस्पतालका कर्मचारीको समेत लापर्वाही देखिएको स्थानीयले गुनासो गरेका छन् । 

अस्पतालबाटै शिशु चोरेर भाग्ने महिला सीसीटीभीमा देखिइन्

जन्मिएको केही घण्टामै अस्पतालबाटै शिशु गायब

अन्तिम अपडेट: फागुन २८, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया