इलाममा परीक्षा दिएर फर्कँदै गरेका तीन विद्यार्थी खोलाले बगाएर बेपत्ता

 असार २८, २०७६ शनिबार २०:७:२८ | सुजता सुनुवार
unn.prixa.net

इलाम – परीक्षा दिएर घर फर्कँदै गरेका तीन विद्यार्थीलाई शनिबार खोलाले बगाउँदा बेपत्ता भएका छन् । स्थानीय माइ भगवती माविमा अध्ययनरत तीन विद्यार्थी माइखोला तरेर घर फर्कने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 

बेपत्ता हुनेमा माइनगरपालिका वडा नम्बर एकका तीन विद्यार्थी सुनिता साउदेन, निसा सुनुवार र आकृति लिम्बु रहेका छन् । उनीहरु तीनै जना कक्षा नौ मा अध्ययनरत थिए । 

माइ नगरपालिकाको वडा नम्बर-६, महमाईमा रहेको माइ भगवती माविबाट शुक्रबार परीक्षा उनीहरुसँगै घर फर्किएका भिम नेम्वाङ्ग भने खोलामा भेल आउनु अगाडि नै तरेकाले सकुशल घर फर्कन सफल भएको स्थानीय सुवर्ण राईले जानकारी दिनुभयो । 

बेपत्ता सबैको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । 


    

अन्तिम अपडेट: बैशाख १२, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया