आखिर के हो, शिल्पा र छविको बिहेको रहस्य ?

 असार २४, २०७५ आइतबार १३:१०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाको सम्बन्धले फेरि एकपटक चर्चा पाएको छ । ५ वर्ष अघिको सिनेमा लज्जाको समयदेखि उनीहरुको सम्बन्ध कहिले विवाह त कहिले एक साथ बसेका कुराहरुले चर्चामा आएको छ ।

पछिल्लो समय सिने नगरीमा यी दुईले विवाह गरको भन्नेहरु प्रशस्तै भेटिन्छन् । तर उनीहरु स्वयमले भने आफूहरुले विवाह नगरेको बताउँदै आएका छन् ।

तर हालै मात्र निर्माता छविकी पूर्व पत्नी तथा अभिनेत्री रेखा थापाले नै उनीहरुको विवाह भएको खुलाएकी छिन् । 

रेखाले स्मारिकामा विचार राख्दै छवि र शिल्पाले दुई वर्ष अघि नै विवाह गरेको उल्लेख गरेकी छिन् । रेखाले छविले शिल्पासँग विवाह गरिसकेको बताउँदै अझै पनि आफूलाई छविको नाम जोड्दा पटक–पटक तनाव भएको उल्लेख गरेकी छिन् ।

रेखाका अनुसार रेखा र छवि कानुनी रुपमा अलग भएपछि उनीहरु वैवाहिक बन्धनमा बाँधिएका थिए ।
 
रेखाले लेखेकी छिन्, ‘कुनै समय मैले लगाउने सर्ट, स्कर्ट, छविराज ओझासँगको प्रेम, वैवाहिक सम्बन्ध र त्यसपछिको डिभोर्सले मिडियामा खुब स्थान पाए । पब्लिक फिगर भएकाले मेरो जीवनका गतिविधिमा पाठक र दर्शकको चाख हुन्छ । तर, इरिटेट त्यहाँनेर लाग्छ, जब मलाई छविराज ओझासँग अहिले पनि जोडिन्छ, जबकी डिभोर्स भएर उहाँले शिल्पा पोखरेलसँग बिहे गरेको दुई वर्ष भइसक्यो ।’

छविराज ओझा र शिल्पा पोखरेलले विवाह गर्न लागेको खबर पटक–पटक चलिरहँदा रेखाको यो खुलासाले सिने नगरीमा एक किसिमको तरंग ल्याइदिएको छ । 

रेखाको यो भनाई पछि अभिनेत्री शिल्पा पोखरेलले भने आफूहरु अलग–अलग बस्ने गरेको बताएकी छिन् । यति मात्रै हैन शिल्पाले  अहिलेका लागि मिडियाले पनि आफूहरुले विवाह नगरेको बुझ्दा नै राम्रो हुने समेत बताएकी छिन् ।


–उज्यालो र गफगाफ डटकमको सहकार्य 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • Krishna dhami krish

    July 8, 2018, 1:28 p.m.

    K vo tw bihe garara ramro vo bihe tw ek din garnae parchha rekha lae tw divorce gara pachhi uni haru ko barama kina chaso rakhnau paro ni

  •  0 Reply

तपाईको प्रतिक्रिया