इरानले कुनै पनि हालतमा तेल निर्यात नराेक्ने

 असार २९, २०७६ आइतबार १८:१०:७ | एजेन्सी
unn.prixa.net

इरानका विदेशमन्त्री मोहम्मद जवाद जरिफले कुनै हालतमा पनि इरानले तेल निर्यात नराेक्ने बताएका छन् । 

बेलायती विदेशमन्त्री जेरेमी हन्टसँग फोनमा कुरा गर्दै इरानी विदेशमन्त्री जरिफले तेल निर्यात नरोक्ने बताएको इरानी विदेश मन्त्रालयले निकालेका विज्ञप्तिमा भनिएको छ । 

इरानी विदेशमन्त्री जरिफले गएको हप्ता जिब्राल्टरबाट बेलायतले नियन्त्रणमा लिएको तेलको ट्याङकर वैध तरिकाबाट नै गैरहेको बताउनुभयाे । साथै उहाँले बेलायतले नियन्त्रणमा लिएको तेलको ट्याङकर छोड्न जोड दिनुभयाे । 

यता बेलायती विदेशमन्त्री हन्टले नियन्त्रणमा लिइएको तेलको ट्याङकर जिब्राल्टरको अदालती प्रक्रिया पूरा भएपछि मात्र छोड्ने बताउँदै नियन्त्रणमा लिइएको तेलको ट्याङकर सिरिया नजाने बताउनुभएकाे छ । 

गएको जुलाई ४ तारिखमा तेलको ट्याङकरले यूरोपियन युनियनको प्रतिबन्ध तोडेको भन्दै बेलायतले नियन्त्रणमा लिएको थियो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया