आमरण अनशन बसेका मिलन बिसी अस्पताल भर्ना

 असार २४, २०७५ आइतबार १४:३६:१० | मुना हमाल
unn.prixa.net

सुर्खेत – आफ्ना मागहरु राख्दै आमरण अनशनमा बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ संकायका विद्यार्थीहरुको अवस्था नाजुक बन्दै गएको  छ ।

स्वास्थ्यमा खराब आएपछि आमरण अनशन बसेको छैटौं दिनमा  अर्का विद्यार्थी मिलन बिसीलाई आइतबार अस्पताल भर्ना गरिएको छ । उनलाई अहिले स्थानीय देउती अस्पतालमा उपचारका लागि ल्याइएको छ ।  यसअघि नै रोशन बस्नेत र रत्नकुमार शर्मालाई आइसीयूमा राखेर उपचार भइरहेको छ ।  

विद्यार्थीहरुले इञ्जिनियरिङ संकायलाई स्वायत्त गराइनुपर्ने, १० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, सम्पूर्ण विषयगत शिक्षकहरुको उचित व्यवस्था गरिनुपर्ने र पुस्तकालयमा प्रयाप्त पुस्तकहरुको व्यवस्था गरिनुपर्नेलगायत ७ बुँदे मागहरु राखेर ६ दिनदेखि आमरण अनशन रहेका छन् । 

विश्वविद्यालयका पदाधिकारीहरु आफ्ना मागहरुलाई पूरा गर्न लचिलो नभएको भन्दै आइतबारदेखि ९ जना विद्यार्थीहरुले पनि भोक हड्ताल सुरु गरेका छन् । विश्वविद्यालयका उपकुलपति, राजिष्टारसहितको टोलिसँग विद्यार्थीहरुले आफ्ना मागका विषयमा वार्ता बसे पनि बिना निश्कर्ष सकिएको थियो । 

अन्तिम अपडेट: फागुन २८, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया